२१ असार २०८३, आईतवार
Follow Us

नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण : गृहमन्त्री

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७८, शनिबार १२:४७

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए । गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाँडले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयको साथ र समर्थनमा रहनेभन्दै खाँडले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए । गैरआवासीय नेपालीहरूले मागेको गैरआवासीय नेपाली नागरिकता छिट्टै संशोधन गरिने बताए ।

धेरै पढिएको