लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको १० औं महाधिवेशनमा बेलायतबाट ९ जना पदाधिकारी निर्वाचित भएका छन् ।
आइतवार सम्पन्न संघको महाधिवेशनमा अध्यक्षमा कुल आचार्य चयन भए । यस्तै उपाध्यक्षमा डा. हेम राज शर्मा, जयप्रकाश गुरुङ सर्वसम्मतले निर्वाचित भए ।
संघको उपमहासचिवमा रामशरण सिमखडा, विनय अधिकारी चयन भए । यस्तै सहकोषाध्यक्षमा कृष्ण तिमल्सीना र महिला संयोजकमा संगिता मरहट्टा निर्विरोध निर्वाचित भइन् ।
संघको यूरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटा र ललित कुमार न्यौपाने निर्वाचित भए ।
संघको महाधिवेशनले विधान संसोधन गर्दै अध्यक्षमा डा. बद्री केसी र रविना थापा समेत निर्विरोध चयन गरेको छ ।
संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।