२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएले माग्यो काठमाण्डौंमा सरकारी जग्गा !

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७८, मंगलवार १८:५५

काठमाडौं । गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर छिटो पारित गर्न माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड) को ध्यानर्कषण गरिएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री देउवा र पचण्डसँग छुट्टा छुट्टै भेटघाट गर्दै नेपालको संविधान २०७२ मा ब्यवस्था भएको गैर आवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर यथासक्दो छिटो पारित गरिदिन ध्यानर्कषण गराएको हो ।

एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा।बद्री केसीसहितको नवनिर्वाचत कार्यसमितिको टोलीले कम्तिमा १० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड सम्बन्धी भएका बाधा अड्चन फुकाई सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ । संघले बृद्धाआश्रम बनाउन काठमाण्डौंमा सरकारी जग्गाको समेत माग गरेको छ ।