१ श्रावण २०८२, बिहीबार
Follow Us

कोभिडपछि आरआरआर विश्वकै बढी कमाउने फिल्म

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७८, बिहीबार ०५:३०

मुम्बई । भारतमा अहिलेसम्म छोटो समयमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले राखेको छ । यो फिल्मले बिश्वव्यापी सिनेमाघरमा ५ दिनमा ६०० करोड भन्दा बढीको व्यापार गरेको छ । मंगलबारको कमाईसँगै यो फिल्म हिन्दीमा १०० करोड क्लबमा प्रवेश गरेको छ । योसँगै फिल्मले विश्वव्यापी बक्स अफिसमा ६०० करोड पार गरिसकेको यसको वितरक पक्षले जनाएको छ ।

यो फिल्मले भारतमा मात्रै होइन विश्वभर ब्यबसायिक सफलता चुमेको छ । सप्ताहन्तको कमाईमा यसले हलिउडका सबै चलचित्रलाई पनि पछि पारेको छ । कोविड लकडाउन पछि रिलिज भएका फिल्महरूमध्ये आरआरआर विश्वमै ब्यबसायिक रुपमा सबैभन्दा सफल फिल्म साबित भएको छ । यो मात्र ५ दिनमा भारतको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

दक्षिण भारतीय स्टार जुनियर एनटीआर, राम चरण, बलिउड स्टार अक्षय कुमार, अभिनेत्री आलिया भट्टलगायतको अभिनय रहेको यो फिल्मले यस अघि राजामौलीकै फिल्म बाहुबलीको व्यापारलाई पछि पारेको छ । यो फिल्मको व्यापारले छैटौं दिनमा राजामौलीको बाहुबली (हिन्दी) लाई पछाडि पारेको छ । र्नेछ। बाहुबलीको पहिलो भागले जम्मा हिन्दीमा १२० करोडको व्यापार गरेको थियो । जबकि आरआरआरले मात्र पाँच दिनमा १०७.५९ करोडको ब्यापार गरेको छ ।

धेरै पढिएको