लण्डन । मगर संघ युकेको अध्यक्षमा सिता पुर्जा पुनमगर निर्वाचित भएकी छन् ।
फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्ट कलेजमा सम्पन्न संघको महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
महाधिवेशनमा अध्यक्षको लागि प्रत्यासी सीता पुनमगरले २१६ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएकी छन भने अर्का प्रत्यासी राम गलामीमगरले २१३ मत प्राप्त गरेर उपविजेता बने ।
अन्य पदहरुमा बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा क्रमशः रुद्र थापामगर , होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिबमा गुमानसिंह थापामगर, सह(कोषाध्यक्षमा थाम बहादुर रोकामगर, सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्बिरोध निर्वाचित भएका छन।
संस्थाको महासचिब, कोषाध्यक्ष र एक सदस्यमा उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । ती पदमा भविष्यमा नवनिर्वाचित कार्यसमितिले नै मनोनित गर्ने निर्वाचन समितिका सचिब नरेश खपाङ्गीमगरले जनाए ।