२५ बैशाख २०८१, मंगलवार
Follow Us

एजेण्डा तय गर्दै सकियो एनआरएनए पदाधिकारी बैठक

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७८, आईतवार १३:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारी बैठक शनिवार सम्पन्न भएको छ ।
संघका प्रवक्ता सोम सापकोटाका अनुसार बैठकले संघको १६ अप्रीलमा हुने केन्द्रीय समितिको बैठकको लागि एजेन्डा तय गरेको छ ।

बैठकमा ५८ जनामध्ये ४७ जना सहभागी थिए । बैठकमा कार्यदल बनाउने र विभागको अध्यक्ष तोक्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सबैले आफ्नो परिचय र इच्छा गरेको विषय, संस्थामा भएको समस्या र समाधान तथा यो टिमले आगामी कार्यकालमा कसरी अगाडि जानुपर्छ भन्ने आफ्ना विचार राखेको सापकोटाले जनाकारी दिए ।

संस्थाको गिरेको साखलाई कसरी माथि उठाउन सकिन्छ, भनेर बैठकमा सबैले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा बोल्ने बक्ताहरुले संस्थाको साख उच्च राख्नका लागि सामूहिक प्रतिबद्धता जाहेर गरेका थिए । बैठकमा बोल्ने बक्ताहरुले आफ्ना भनाइ राख्ने क्रममा केही रिर्जभेसनहरु (असहमित) राखेका थिए । पदाधिकारी बैठक झन्डै चार घन्टासम्म चलेको थियो ।

विधानअन्तर्गत रहेर पदपूर्ति गर्ने, तोकिएकै समयमा एनआरएनएको महाधिवेशन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

सापकोटाका अनुसार सल्लाहलकार, आइसीसी सदस्य लगायतका पदमा आगामी आइसीसी बैठकमा राखेर टुंगो लगाइने छ ।

बैठकमा संघका अध्यक्षत्रय डा. बद्री केसी, कुल आचार्य र रविना थापाको उपस्थिति थियो ।