२६ बैशाख २०८१, बुधबार
Follow Us

महाबिर पुनसंग मिडल्यान्डवासी गरे साक्षात्कार

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७८, सोमबार १६:११

लण्डन। राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक महाबिर पुनसंग मिडल्यान्डवासीले लेसेष्टरमा भेटघाट गरी देशको एकमात्र राष्ट्रीय आविष्कार केन्द्रको बारेमा विगत,बर्तमान र भावी योजनावारे जानकारी लिएका छन्। देशको एकमात्र निजी रूपमा स्थापित आविष्कार केन्द्रका जन्मदाता (फाउण्डर) महाबिर पुनले केन्द्रको स्थापना गरेयता थुप्रै प्रतिभाको जन्म हुनुको साथै केन्द्रले मिनि एम्बुलेन्स,अक्सिजन प्लान्ट, मेडिकल ड्रोन, रोबोट, स्याटलाईट समेत बनाएर प्रयोगमा ल्याईसकेको जनाए।

कोभिड प्यान्डामिकको कठीन दुईबर्ष अवधि राष्ट्रिय आविष्कार केन्द्रले देशका थुप्रै अस्पतालहरूमा डाक्टर,नर्सहरूलाई Personal protective equipment सामाग्री, बिरामीलाई अक्सिजन,कन्सट्रेटर उत्पादन सप्लाई गरी सहयोग पुर्याएको थियो। संसारभर छरिएर रहेका परोपकारी देशप्रेमी नेपालीहरू नै आजसम्म यस संस्थालाई,आर्थिक सहयोग गर्ने सहयोगी रहेको पनि पुनले बताए। पुनसंगै रहेका युरोप कोअर्डिनेटर ई.हरिकृष्ण न्यौपानेले NIC App मार्फत जोडिन अभियान शुरू गरेको जनाए।

शृजनशील लेष्टर नेपालद्वारा आज १० अप्रिल २०२२ मा आयोजित एउटा कार्यक्रममा समाजका अध्यक्ष नारायण फूयालले अतिथि आविष्कारक डा. महाविर पुनलाई खादा र फूलको गुच्छाले स्वागत गरेका थिए। समाजका तर्फबाट अध्यक्ष फुयालले उपस्थित सबैलाई हार्दिक धन्यवाद् दिदै यस कार्यक्रमको संयोजनमा साथ दिने सबैप्रति आभार प्रकट गरे। स्थानिय लेसेष्टरवासी सहित पिटरबरो,नटिंघम,डर्बी लगायत मिडल्यान्डभरबाट उपस्थिती रहेको सो कार्यक्रम सृजनसील लेस्टर नेपालका संथापक अध्यक्ष राजु कडेलले उदघोषण गरेका थिए।

डा महाबिर पुनसंग प्रश्न उत्तरमा साझा नेपाली समाजका निवर्तमान अध्यक्ष एवम आईसीसी सदस्य महेस अधिकारी,समाजसेवी ब्यवसायी एवम युरोप उपसंयोजक दयानिधी सापकोटा, इ गोपाल न्यौपाने, सृजनसील नेपाल युकेका सचीव शिव पराजुली, स्कट नेपालका संचालक डिएन खरेल, एससीसी सदस्य चम्पा थापा मगर,सृजनसील लेस्टर नेपालका महासचीव पुण्डरी अर्याल, हल र चियाको ३ किल्स पप एण्ड रेष्टुरेन्टका डाइरेक्टर एव सृजनसील लेष्टर नेपालका उपाध्यक्ष शिव लाल गौतम समेत उपस्थिती रहेको सो कार्यक्रममा झन्डै सयको संख्यामा,विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। राष्टिय आविस्कार केन्द्रका डाइरेक्टर महाबिर पुनबाट केन्द्रको बिस्तृत बिवरण प्रस्तुती पश्चात् उपस्थित समूहले आफ्ना जिज्ञासा सहित केन्द्रको उत्तरोत्तर प्रगतिको शुभेच्छा ब्यक्त गरेका थिए।


एव सृजनसील लेष्टर नेपालका उपाध्यक्ष शिव लाल गौतमले गरेका थिए भने स्थानिय समाजसेवी पवन शर्माले ढा महाविर पुनको लागी एकोमोडेसनको ब्यवस्था गरेका थिए। मिडलैण्ड इलाका कै अगुवा एवम सामाजिक अभियन्ता सृजनशील लेस्टर नेपाली समाजका अध्यक्ष नारायण फुयालले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रम अत्यन्त प्रभावकारी र उत्साह जगाएको स्थानिय अभियन्ताहरुले बताउनु भयको थियो।


कार्यक्रममा हल र चियाको ब्यवस्थापन ३ किल्स पप एण्ड रेष्टुरेन्टका डाइरेक्टर