२७ बैशाख २०८१, बिहीबार
Follow Us

पिटरवरो नेपाली समाज युकेले मनायो नयां वर्ष (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७८, मंगलवार २०:४३

लन्डन। पिटरवोरो नेपाली समाज युकेको आयोजनामा नेपाली नयॉ वर्ष २०७९ आगमनको शुभकामना आदनप्रदान साँझ एक भव्य समाराोहका साथ सम्पन्न भएको छ । पिटरवोरोबाट प्रतिनिधित्व गर्ने सांसद पाउल ब्रिस्टोको प्रमुख आतिथ्यमा नयॉवर्ष शुभकामना कार्यक्रममा हिजो अप्रिल ११ मा पिटरवोरोमा नेपालीहरूको बाक्लो बस्ती भएको वेस्टउडको स्टामफोर्ड हलमा सम्पन्न भएको हो ।

पिटरवोरो र यसका वरिपरि बस्ने करिव २०० जना नेपालीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम र नेपाली खानापिना सहित आपसमा नयॉबर्षको सुभकामना आदानप्रदान र नाचगान गरी रमाईलोको साथ मनाइएको थियो । समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि सॉसद पाउल ब्रिस्टोले नेपालीहरूलाई नयॉवर्षको शुभकामना दिदै नेपाल र वेलायतको सम्वन्ध दुईसय वर्षभन्दा पनि पुरानो भएको बताए ।

विविध सांस्कृतिकका धनि नेपालीहरूको पिटरवोरोमा बस्ती बड्दै गएकोमा खुसी लागेको बताउदै बेलायतका लागि गोर्खा सौनिकहरूले गरेको योगदानको पनि प्रसम्सा गरे। अतिथिहरू पिटरवोरो सिटी काउन्सीलर गुल नवाज, कन्जरभेटीभ पार्टीका वार्ड लिडर मोहमत रेन्जावले पनि नेपालीहरूलाई नयॉवर्षको शुभकामना दिएका थिए

पिटरवोर नेपाली समाजका ट्रस्टी संयोजक शिव पौडेल र समाजका पूर्व अध्यक्ष किरण कार्कीले पिटरवोरो नेपाली समाजले गरेका कार्यको सराहाना गर्दै सबैलाई नयॉवर्षको शुभकामना दिएका थिए । पिटरवोरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईले पिटरवोरो बस्ने नेपालीहरूलाई महत्व दिएर कार्यक्रममा सहभागि भएकोमा सॉसद पाउललाई धन्यवाद दिदै समाजको कार्यक्रममा सहभागि सबैलाई धन्ववाद दिदै समाजको तर्फबाट सबैलाई नयॉवर्षको हार्दिक शुभकामना क्यक्त गरे ।

निकै भव्य र सभ्य रूपमा सम्पन्न पिटरवोरबासी नेपालीहरूको नयॉवर्ष २०७९ साझको कार्यक्रम संचालन महासचिव कृष्ण लुईटेल गरेका थिए। साझ ५ बजेदेखि राति ११ बजेसम्म चलेको शुभकामना साझको अन्त्यमा सहभागिहरू डिजे नाचमा रमाएका थिए ।