२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनए स्वास्थ्य समितिको संयोजकमा पुनः डा. सन्जिव सापकोटा मनोनित

नेपालब्रिटेन डट कम्
१८ बैशाख २०७९, आईतवार ०३:०२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको संयोजकमा डा. सन्जिव सापकोटा मनोनित भएका छन् ।

गैरआवासीय नेपाली संघको शनिवार बसेको ८५ औं बैठकले सापकोटालाई सो समितिको संयोजकमा पुनः चयन गरेको हो ।
ग्लोवल नेपाली हेल्थ विज्ञ समेत रहेका डा. सापकोटाले कोरोना महामारीमा विदेशमा रहेका नेपालीहरुको तथ्यांक संकलन तथा स्वास्थ्य सम्बन्धी जनचेतना कार्य गरेर चर्चामा आएका थिए ।

उनीसंग विश्व स्वास्थ्य संगठन लगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायहरूमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ डाटा विश्लेषक र सञ्चार विशेषज्ञलगायत विभिन्न पदहरूमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा काम गरेको १९ वर्षभन्दा बढीको अनुभव छ।

धेरै पढिएको