२७ बैशाख २०८१, बिहीबार
Follow Us

एक सय पाँच वर्षकी भौमकुमारी दाहालले खसालिन् मत

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७९, शुक्रबार ०३:३४

काठमाडौँ महानगरपालिका वडा नं ५ की भौमकुमारी दाहाल सानो गौचरन स्थित मतदान केन्द्रमा मत खसालेकी छन्। आफूलाई । मत खसाल्न सधैँ खुसी लाग्ने उनले बताइन् । उनीसँग १०१ वर्षकी गंगा लक्ष्मी भेटपवालले पनि मत खसालिन् ।
मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो।

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।