काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडे पक्राउ परेका छन् । पाँडेलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । एक महिलाले दिएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
पाँडेले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध अपशब्द प्रयोग गरी गाली गलौज गरेको आरोप उजुरीकर्ता महिलाको छ । ब्युरोले उजुरी परेको विषयमा जानकारी गराएपछि पाँडे आफैं उपस्थित भएका थिए ।
बिहीबार कार्यालय समयपछि नियन्त्रणमा लिइएकाले बिहीबार मात्र म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भएको प्रहरीको भनाइ छ ।