लण्डन । मंकीपक्स रोगबाट आफु पनि बचौ, अरुलाई पनि बचाऔं भन्ने नाराका साथ गैरआवासीय नेपाली संघले युरोप क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गर्दै स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार एनआरएनए स्पेनको आयोजनामा आगामी ३ जुलाईमा भर्रचुअल कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा मंकीपक्स रोग र यसबाट बच्ने उपायकावारे विशेषज्ञ डाक्टरहरुले परामर्श दिने एनआरएनए स्पेनका प्रवक्ता लक्ष्मण खत्रीले जनाए ।