२ कार्तिक २०८३, आईतवार
Follow Us

गभर्नर अधिकारीविरुद्ध नेविसंघको प्रदर्शन, २१ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७९, आईतवार ०५:३३

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल काँग्रेस निकट भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले राष्ट्र बैङ्क अगाडी प्रदर्शन गरेको छ।

आज बिहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी वृत्त मालिगाँउमा राखिएको छ।

नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ। एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिइसकेका छन्।

धेरै पढिएको