१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्सनलको विजयी यात्रामा पूर्णविराम

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७९, सोमबार ०४:०८

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको सतप्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ । म्यान्चेस्टर युनाइटेडले आर्सनललाई आइतबार ३–१ ले पराजित गरेकाे हाे । आइतबार राति म्यानचेस्टर युनाइटेडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्टोनीले एक गोल गरेका थिए ।

गत हप्तामात्रै नेदरल्याण्ड्सको आयाक्सबाट म्यान्चेस्टर युनाइटेड प्रवेश गरेका ब्राजिलीयन खेलाडी एन्टोनीले प्रिमियर लिगको डेब्यु खेलमै गोल गरेका हुन् । खेलमा आर्सनलका लागि बकायो साकाले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई ५–२ ले पराजित गरेकाे थियाे ।

आइतबार रातिका खेलहरूपछि प्रिमियर लिगको अंक तालिकामा ६ खेलबाट १५ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ। १४ अंक जोडेका म्यान्चेस्टर सिटी र टोटनह्याम क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

चौथो स्थानको ब्राइटनको १३ अंक छ भने म्यान्चेस्टर युनाइटेडको १२ तथा चेल्सीको १० अंक रहेको छ ।