काठमाडौँ । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् ।
शेर्पा मङ्गलवार धुम्बाराही क्षेत्रबाट पक्राउ परेका हुन् । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
शेर्पालाई अदालतको फैसला अनुसार कार्यान्वयन गर्न पक्राउ गरिएको उनले बताए । उनी विरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका पासाङ शेर्पा नेकपा एमालेका सक्रिय नेता र एक प्रभावशाली राजनीतिक पात्र हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका थिए ।