२ बैशाख २०८३, बुधबार
Follow Us

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७९, शनिबार ११:५०

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

धेरै पढिएको