१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वक्लबविरुद्ध हल्यान्डको गोल

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७९, बिहीबार ०४:४८

लन्डन । पूर्वक्लबविरुद्ध एर्लिन हल्यान्डले गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । जर्मन प्रतिद्वन्द्वी डर्टमन्डविरुद्ध हल्यान्डसँगै जोन स्टोनेसले एक गोल गरेपछि सिटी २-१ ले विजयी भएको हो । यसअघि डर्टमन्टका जड बेलिङघम गोल गर्दै अग्रता बनाएका थिए । लगातार दोस्रो जितसँगै सिटी समूह ‘जी’को शीर्ष स्थानमा छ । दुई खेलबाट डर्टमन्डको तीन अंक छ । अर्को खेलमा सेभिया र कोभेन्हाम्ले गोलरहित बराबरी खेले ।

रियल मड्रिडको लगातार दोस्रो जित
आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । खेलको ८०औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे ।

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले । जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) ले माकाबी हाइफालाई ३–१ ले पराजित गरेको थियो भने इग्लिस क्लब चेल्सी आरबी साल्जवर्गसँग १–१ को बराबरीमा रोकियो । यस्तै इटालियन क्लब युभेन्टस बेनिफिकासँग २–१ ले स्तब्ध हुँदा नेपोलीले रेन्जर्सलाई ३–० ले पराजित गरेको थियो ।