१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७९, आईतवार ०५:४५

लन्डन । युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे । पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

स्लोभानियाले नर्वेलाई हरायो
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ । शनिबार राति नर्वेलाई स्लोभानियाले २-१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए । तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।