२९ असार २०८२, आईतवार
Follow Us

श्रीजनशील समाजको झुपडी अभियान, पहिलो चरणमै ५५ हजार पाउण्ड कबुल

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७९, आईतवार १४:१०

दिनेश कुमार । श्रीजनशील नेपाली समाज युकेले आफनो भवन खरिद गर्ने भएको छ । शनिबार साँझ अल्डरशटको दि ईम्पाएर हलमा आयोजित च्यारिटी कार्यक्रममा पचपन्न हजार पाउण्डको कबुल भएको हो । समाजका अध्यक्ष भक्त दर्जीले पहिलो चरणको कार्यक्रमबाट कबुल रकमले उत्साहित हुदै आगामी एक बर्षमा भवन खरिद गर्ने बताए ।

समाजका संस्थापक एवं सरक्षक शेर बहादुर सुनारले समाज स्थापनाको १५ बर्षको अवधिमा गर्न लागेको पुण्य काममा सबैले सहयोग गर्नहुन अनुरोध गरे ।

तमुधीं युकेका अध्यक्ष हीतकाजी गुरुंग , मगर समाज युकेका बरिष्ठ उपाध्यक्ष लाल पुन तनहँु समाज युकेका पूर्वअध्यक्ष फडक गुरुंगले यस शुभकार्यमा आफनो सहयोग हुने बचन दिए ।

हाल बेलायतमा रहेका ह्युम्यानिष्ट ईन्टनरनेशनल नेपालका महासचिव अर्जुन परियारले प्रवासमा समाज एकजुट भई नयाँ भवन खरिद गर्न लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।

कार्यक्रममा पत्रकारहरु दिनेश कुमार परियार, बाचस्पति रेग्मी र मीलन गुरुंग उपस्थिति थिए ।

च्यारिटि कार्यक्रममा कलाकारहरु सुमन गौतम , शान्तारानी परियार , निर आलेमगर , मधुसुदन थापा , बिलन थापामगर , जुना श्रीषले मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन भने बिकास रनपैलीले गरका थिए ।

धेरै पढिएको