२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनए १४ औं युरोप क्षेत्रीय बैठक: निर्णयहरु

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७९, सोमबार ११:३०

स्टकहोम । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १४औ क्षेत्रीय बैठक स्वीडेनको राजधानी स्टकहोममा २४–२५ सेप्टेम्बर २०२२ मा सम्पन्न भयो।  शनिबारबाट सुरु भएको २ दिने बैठक प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एक नारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

एनआरएनए अभियानको ‘रुपान्तरणका लागि कार्यगत साझेदारी’ (Partnership in Action, for Transformation) भन्ने मूल नारासहित शूरु भएको सम्मेलनमा प्रमुख अतितीका रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल, अध्यक्ष कुल आचार्य, अर्थ मन्त्रालयका सहसचिब राजेश्वर ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघका बरीष्ठ उपाध्यक्ष एबं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाली दुताबास डेनमार्कका उपनियोग प्रमुखक तिर्थ अर्याल, एनआरएनए आइसिसीका उपाध्यक्षहरु आरके शर्मा, नारायण आचार्य, दुर्गा आचार्य, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी, एनआरएनए उपमहासचिब रामशरण सिमखडा, सचिब गंगाधर गौतम, एनआरएनए मध्यपुर्ब संयोजक मनोज श्रेष्ठ गोर्खाली, युरोप क्षेत्रिय संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराई, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी, एनआरएनए स्विजरल्यान्डका अध्यक्ष शुभ एल्मार लामा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतम लगायत युरोपका विभिन्न एनसिसिका अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । क्षेत्रीय उपसंयोजक द्वय दयानिधि सापकोटा र डा नवराज रोस्याराले सञ्चालन गर्नु भएको उद्धघाटन शत्र एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो। क्षेत्रिय युवा संयोजक रमेश काफ्ले ले संचालन गर्नु भएको समापन समारोहको अध्यक्षता सन्तोष भट्टराइले गर्नु भएको थियो। 

स्टकहोम क्षेत्रीय बैठकका निर्णयहरु

(गैरआवासीय नेपाली संघ एनआरएनए १४ औं युरोप क्षेत्रीय बैठक–२०२२)

२४–२५ सेप्टेम्बर २०२२

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १४औ क्षेत्रीय बैठक स्वीडेनको राजधानी स्टकहोममा २४–२५ सेप्टेम्बर २०२२ मा सम्पन्न भयो।  शनिबारबाट सुरु भएको २ दिने बैठक प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एक नारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

एनआरएनए अभियानको ‘रुपान्तरणका लागि कार्यगत साझेदारी’ (Partnership in Action, for Transformation) भन्ने मूल नारासहित शूरु भएको सम्मेलनमा प्रमुख अतितीका रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल, अध्यक्ष कुल आचार्य, अर्थ मन्त्रालयका सहसचिब राजेश्वर ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघका बरीष्ठ उपाध्यक्ष एबं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाली दुताबास डेनमार्कका उपनियोग प्रमुखक तिर्थ अर्याल, एनआरएनए आइसिसीका उपाध्यक्षहरु आरके शर्मा, नारायण आचार्य, दुर्गा आचार्य, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी, एनआरएनए उपमहासचिब रामशरण सिमखडा, सचिब गंगाधर गौतम, एनआरएनए मध्यपुर्ब संयोजक मनोज श्रेष्ठ गोर्खाली, युरोप क्षेत्रिय संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराई, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी, एनआरएनए स्विजरल्यान्डका अध्यक्ष शुभ एल्मार लामा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतम लगायत युरोपका विभिन्न एनसिसिका अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । क्षेत्रीय उपसंयोजक द्वय दयानिधि सापकोटा र डा नवराज रोस्याराले सञ्चालन गर्नु भएको उद्धघाटन शत्र एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो। क्षेत्रिय युवा संयोजक रमेश काफ्ले ले संचालन गर्नु भएको समापन समारोहको अध्यक्षता सन्तोष भट्टराइले गर्नु भएको थियो। 

बैठकमा गैरआवासीय नेपाली संघको विधान, युवा, महिला र विज्ञहरुका विभिन्न सेसनहरुमा छलफल भयो।  त्यस्तै विभिन्न एनसिसीहरुको प्रतिवेदन समेत प्रस्तुत भएका थिए । २० भन्दा बढी देशका करिब २ सय जना प्रतिनिधि सहभागी रहेको सो बैठकका निस्कर्ष सहित निम्नानुसारको निर्णयहरु गर्दै सम्पन्न गरिएको छ ।

१.      नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसदका दुवै सदनबाट पारित भएर सम्माननिय राष्ट्रपति समक्ष पुगेको नागरिकता सम्बन्धी बिधेयक प्रमाणिकरण हुन नसकेकोमा आम गैरआवासीय नेपाली समुदायलाई दुखित बनाएको ठहर गर्दछ। यस बिधेयकलाई आम सहमतिको आधारमा मुर्तरुप दिएर एनआरएनए नागरिकता कार्यान्वयनमा ल्याउन यो बैठक सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्ने निर्णय गर्दछ ।  

२.      विदेशमा रहेका नेपालीको पैत्रिक सम्पत्ती, मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरु समक्ष अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ।  

३.      “Growing Stronger Together with Youths & 2nd Generation” भन्ने नाराको साथ सम्पन्न गरिएको युवा सम्मेलन बिषेशगरी युवाहरुलाफई उध्यमशिल बनाउन जोड दिनु पर्ने र गैरआवासीय नेपाली संघ संग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतीलाई महत्वका साथ प्राथमिकतामा राखी छु्ट्टै बजेट ब्यबस्था गरिनु पर्ने निष्कर्ष निकालेको छ । छिट्टै बृहत “Global Youth Conference” आयोजना गर्ने निर्णय गर्दै राष्ट्रीय युवा परिषद, नेपाल र गैरआवासीय नेपाली संघ बिच नेपालमा युवा परिचालन तथा क्षमता अभिबृद्धीमा साझेदारी गर्ने गरी १२ बुंदे सम्झौता-पत्रमा हस्ताक्षर गरी  युवा सम्मेलन सम्पन्न गरियो। 

४.      आगामी अक्टोवर ११ देखी १३ सम्म हुने एनआरएन स्थापना दिवश, बिधान सभा तथा साधारणसभामा सकृय सहभागी जनाउन युरोपस्थित सबै राष्ट्रिय समितिहरुलाई यो बैठक हार्दिक आग्रह गर्दछ । साथै गैरआवासीय नेपाली संघको आगामी वर्ष हुने ११ औं महाधिवेशनमा संघको नेतृत्व चयन प्रकृया लाई सुनिश्चित गर्दै संघको विधानलाई उक्त बिधान सभामा सर्वसम्मत दस्तावेजको रुपमा प्रस्तुत गर्न सो बैठक अनुरोध गर्ने निर्णय गरियो।  

५.      संघले उद्धमशिलताको बिकास गर्न बिध्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो बैठक सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो बैठक प्रतिबद्धता जाहेर गर्दछ ।

६.      एनआरएन नेपाल डेभ्लप्मेण्ट फण्डलाई १० अर्बबाट ५० अर्ब बनाउने लक्षको साथ सम्बृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो बैठक आह्वान गर्दछ। बिध्यमान कानूनी अडचनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागी आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन संघ प्रतिबद्धता जाहेर गर्दछ।

७.      नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने उडानलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसंग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।  

८.      पोर्चुगल, रोमानिया, क्रोसिया, माल्टा, चेक रिपब्लीक लगायतका देशहरुमा राजदुताबास स्थापना गर्न यो बैठक पुनःआह्वान गर्दछ । कुटनीतिक नियोग नहुँदासम्म ती मुलुकहरुमा कन्सुलर सेवा प्रभावकारी बनाउन यो बैठक बिषेश अनुरोध गर्दछ। हाल नेपाली नियोगहरुबाट दिईने सुबिधाहरुमा राष्ट्रीय परिचय-पत्र प्रदान गर्ने र मतदाता नामावली संकलन तथा मतदाता परिचय पत्र बितरणको समेत ब्यबस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोग समक्ष यो बैठक अनुरोध गर्ने निर्णय गर्दछ।

९.      नेपाल सरकारले यूरोपेली मुलकहरु संग श्रमसम्झौता मार्फत नेपाली श्रमबजार बिस्तारको लागी यूके संग गरेको श्रम-सम्झौताको स्वागत गर्दै पोर्चुगल लगातयतका देशहरुमा यो कार्य अघिबढेकोमा खुसी ब्यक्त गर्दै थप श्रम गन्तब्यलाई नितीगतरुपमा अघि बढाउन अनुरोध गर्ने निर्णय गर्दछ ।   साथै बिभिन्न कारणले युरोपमा आएर अलपत्र परेका नेपालीहरुको  सहयोगको लागि गैरआवासीय नेपाली संघका तर्फबाट एनआरएनए यूरोप राहत कोषको स्थापना गरिने छ । सो कोष निमार्णको लागि आगामी दुई महिनाभित्र छुट्टै नियमावलीको निमार्ण गरिने छ।  

१०.     युरोपमा वसोवास गरेका नेपाली नागरिकहरूको कुनै कारणले आकस्मिक निधन हुदा शव अलपत्र पर्ने अवस्था लाइ ध्यानमा राख्दै आकस्मिक निधन भएका व्यक्तिहरूको शवलाइ नेपाल लाने व्यवस्था गर्न नेपाल सरकारलाइ अनुरोध गर्दछ ।

११.     गैरआवासिय नेपली संघले विदेशमा आर्जन गरेको  ज्ञान र सिप लाइ आफ्नो मातृभुमीमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै बिशेष योजनाका बनाइ अघि बढाउने छ।

१२.             नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई नेपालका बैंकहरुमा डलर लगायतका विदेशी मुद्रामा खाता खोल्न सहज गरिदिएको प्रति नेपाल सरकारलाइ यो बैठक धन्यवाद ज्ञापन गर्दछ। विदेशका बैंक र वित्तीय संस्थाहरुको तुलनामा आकर्षक व्याज पाइने, आफुले चाहेको बेला आफ्नो रकम फिर्ता पनि ल्याउन सकिने र नेपालको अर्थतन्त्रमा पनि भरथेग हुने यो अवसरबाट लाभ उठाउन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।

१३.     वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष लाखौ नेपालीको सामाजिक सुरक्षा संग जोडिएको बिषय भएकोले गैर आवासिय नेपाली संघले लामो समय देखि त्यस्का लागि पहल गर्दै आएको छ। अहिले नेपाल सरकार सामाजिक रोजगार सुरक्षाकोषको  कार्यान्वयनका लागि सकरात्मक देखिएकोले क्षेत्रिय बैठक सरकारको त्यस निर्णयको स्वागत गर्दछ र सुरक्षा रोजगार कोष यथासिघ्र कार्यान्वयनको लागि माग गर्दै गैर आवसिय नेपाली संघ सवै खाले सहयोगका लागि प्रतिवद्दता जाहेर गर्दछ।     

१३.     बैठक सफलतापूर्वक सम्पन्न गर्न प्रमुख अतिथी,अतिथीहरु, सहयोगी सम्पूर्ण प्रायोजक, स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ । बैठक सफलतापूर्वक आयोजना गर्न खेलेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् स्वीडेनलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । आगामी १५औ यूरोपियन बैठक चेक गणतन्त्रको प्राग शहरमा आगामी बर्ष २०२३ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ।  

घोषणा-पत्र तयारी समिति:

रामशरण सिमखडा

गंगाधर गौतम

चिन्तामणी सापकोटा 

सन्तोष भट्टराई

पान कुमारी मल्ल

रमेश काफ्ले 

चिरन शर्मा

भगिरथ योगी

ओम शर्मा

राजकुमार पाठक  

आइतवार, २५ सेप्टेम्बर २०२२  

धेरै पढिएको