लण्डन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले प्रवासी नेपाली मन्चको आयोजना आगामी १६ असोज (अक्टोवर २ तारिख) फूलपातीको दिन उक्त सम्बोधन गर्न लागेका हुन् ।
मन्चका अध्यक्ष भक्त गुरुङका अनुसार ओलीले देशको समसामयिक विषयमा विशेष सम्बोधन गर्ने छन् ।
नेपालीहरुको महान चाड दशैं तिहारको सुखद अवसरमा भर्रचुअल माध्यमबाट शुभकामना आदान प्रदान हुने सो कार्यक्रममा उपस्थित हुन् प्रवासी मन्चले आग्रह गरेको छ।