३० असार २०८२, सोमबार
Follow Us

एनआरएनए युकेको विवादले ५४ जना खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनबाट बन्चित

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७९, शुक्रबार २१:२२

लण्डन् । अक्टोवार १४ देखि २० सम्म नेपालमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा बेलायतबाट सहभागी हुने तयारी अवस्थामा रहेका ५४ जना खेलाडी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विवादका कारण प्रतियोगितामा भाग लिनबाट बन्चित हुने भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका निवर्तमान अध्यक्ष प्रेम गाहामगरले शुक्रवार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै संघको अन्तरिक विवादका कारणले ती खेलाडीहरुले खेलमा भाग लिन नपाएको बताए ।

खेलाडीले तालिम लिएर नेपाल जाने अन्तिम तयारीमा रहेको बताउँदै गाहामगरले सम्पूर्ण खेलाडीहरुको मर्म भावना बुझि साझा धारणा बनाउन गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष कुल आचार्य, स्र्पोटस एकाडेमीका संयोजक जिवन सेन र सदस्य सचिव धर्मराज गिरीसंग आग्रह गरेका छन् ।

उक्त खेलकुदमा कार्यरत गोर्खा सैनिक, विद्यार्थी अन्य जागिरमा भएका हाईप्रोफाइल खेलाडी र राष्ट्रिय स्तरका खेलाडी समेत जम्मा ५४ जना सो प्रतियोगितामा जाने तयारीमा रहेका थिए ।
खेलबाट बन्चित भएका खेलाडीहरुलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) समक्ष माग गरिएको छ ।

यसअघि गैरआवासीय नेपाली संघको केन्द्रीय निर्देशनलाई अवज्ञा परे पछि अध्यक्ष प्रेमगाहामगरलाई बर्खास्त गरिएको थियो । गाहामगरले संघको आबद्धता अस्वीकार गर्दै आएका छन् ।

एनआरएनए र राष्ट्रिय खेलकुद परिषदको सम्झौता अनुसार राष्ट्रिय खेलकुदमा भाग लिन चाहने खेलाडीले अनिवार्य रुपमा गैरआवासीय नेपाली संघमार्फत आफ्नो नाम दर्ता गर्नु पर्ने हुन्छ ।

धेरै पढिएको