१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनल र युनाइटेड विजयी

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७९, सोमबार ०४:०९

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । आर्सनलले लिभरपुललाई २–३ र म्यानचेस्टर युनाइटेडले एभरर्टनलाई १–२ ले पराजित गरेको हो ।

आइतबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बकायो साकाले दुई गोल गर्दा मार्टीनेलीले एक गोल थपेका हुन् । लिभरपुलका डार्वीन नुनेज र रोबर्टो फर्मिनोले १–१ गोल गरेका छन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । आर्सनलको ९ खेलबाट २४ अंक रहेकाे छ ।

समान खेलबाट २३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । आइतबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेकाे हाे । म्यान्चेस्टर युनाइटेडका डस सान्तोष र क्रिष्चियानो रोनाल्डोले १–१ गोल गर्दा एभर्टनका अलेक्स इओबीले सुरुवाती गोल गरेका थिए ।

आइतबार रातिका अन्य खेलहरूमा वेष्टह्याम युनाइटेडले फुल्हमलाई ३–१ ले पराजित गर्दा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडमाथि २–१ को जित निका‍लेकाे थियाे ।