काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीसंग छलफल गरेको छ ।
गैरआवासीय नेपाली संघकी उपाध्यक्ष यासमीन वेगमका अनुसार संघको एक प्रतिनिधि मण्डलले विहिवार मन्त्री रेग्मीसंग भेटघाट गरेको हो ।
भेटमा गैरआवासीय नेपाली संघले सुरु गर्न लागेको छात्रबृद्धि लागु गर्ने बारे छलफल भएको थियो ।
प्रतिनिधि मण्डलमा संघकी सचिब टिका गुरुङ, एनआरएनए अभियान्ता राजू सैयद समेत सहभागी थिए ।
मन्त्री रेग्मीले नेपाल सरकार र संघबीच सहकार्य र समन्वय गरेर काम गर्न आफु तयार रहेको बताएकी थिइन् ।
भेटमा गैरआवासीय नेपाली संघ र मन्त्रालयबीच एक सम्झदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने विषयमा सहमति भएको छ ।