११ बैशाख २०८१, मंगलवार
Follow Us

नवौँ राष्ट्रिय खेलकुद: एनआरएनएका १४३ जना खेलाडी सहभागी

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७९, शुक्रबार ०५:०२

कास्की । पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ । खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमका १४३ जना खेलाडीहरुले भाग लिएका छन् । ती मध्ये महिला तर्फ १६ र पुरुष १२७ जना खेलाडी रहेका छन् । खेलमा सर्वाधिक नेपाली सेनाले ७७३ जना खेलाडीलाई मैदानमा उतारेको छ ।

नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि क्रिकेट, ह्यान्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिपर्धा यसअघि नै सुरु भइसकेको छ । पहिलो स्वर्णको फैसला भएको एक महिना बित्न लाग्यो । कीर्तिपुर मैदान (काठमाडौं) मा भएको पुरुष क्रिकेटको फाइनलमा आर्मीलाई हराएर पुलिसले नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण हात पारेको थियो । नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाल टी–२० लिग आयोजना गर्ने भन्दै प्रतियोगिता अगाडि सार्न राखेपसँग आग्रह गरेपछि पुरुष क्रिकेट राजधानीमै सञ्चालन गरिएको थियो, जुन भदौरे झरीसँगै सम्पन्न भएको थियो ।

सुटिङ रेन्जको अभावमा सुटिङको प्रतिस्पर्धा सातदोबाटो ९ललितपुर० मा हँॅदै छ । बाँकी ३४ खेल गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन हुँदै छन् । यो अवसरबाट मनाङ, मुस्ताङ र लमजुङ छुटेका छन् । कास्की, नवलपुर, तनहँॅ, गोरखा, म्याग्दी, स्याङ्जा, पर्वत र बागलुङले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएका छन् । अधिकांश खेल पोखरा रंगशाला परिसरमा हुनेछन् । पौडी सर्ट कोर्समा हुँदै छ भने भलिबललगायत केही इन्डोर ९हलभित्र खेल्नुपर्ने० खेल खुला आकाशमै आयोजना गरिँदै छ । पोसाक वितरण, खेल सामग्रीको अभाव, खेल र होटल व्यवस्थापनको चर्को चुनौती राखेपले बेहोरिरहेको छ ।

काठमाडौंबाट २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको थियो । सुरुआतको ४१ वर्ष हुँदासम्म बल्ल नवौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । सुरुमा १४ अञ्चलका टिम सहभागी थिए । त्यसपछि २०५५ सालमा ५ विकास क्षेत्र र २ विभागीय टिम ९आर्मी र पुलिस० को टिम बन्यो । पाँचौं संस्करण ९२०६५० मा माओवादीको पीएलए र एपीएफ थपिए, नौ टिम बन्यो । यसैमा राजनीति घुस्यो र पीएलए ल्याएको विरोधमा आर्मीले प्रतियोगिता नै छाड्यो ।

आर्मीले अर्को संस्करण ९२०६८० पनि खेलेन, जहाँ विश्वविद्यालय नयाँ टिम बन्यो । सातौं ९२०७३० मा आएर पीएलए र विश्वविद्यालय बाहिरिएसँगै आर्मी प्रतियोगितामा फर्कियो । पुनरागमनमा आर्मीले सर्वाधिक स्वर्ण जित्यो । आठौं ९२०७६० मा आएर फेरि संरचना फेरियो । सात प्रदेश, तीन विभागीय टिम र नवप्रवेशी गैरनेपाली आवासीय संघ ९एनआरएनए० गरी ११ टिमले खेल्यो ।

फेरि आर्मीले सबभन्दा बढी स्वर्ण कब्जा गर्‍यो । यसपालि आर्मी शीर्षस्थानमा ह्याट्रिक गर्ने योजनामा छ भने प्रदेशले विभागीय टिमको वर्चस्वलाई केही कमजोर पार्ने प्रयास गर्नेछन् ।