३० असार २०८२, सोमबार
Follow Us

स्वास्थ्य मन्त्री खापुङ र एनआरएनए ईटालीबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७९, शुक्रबार १९:५५

रोम । गैरआवासीय नेपाली संघ इटालीले स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गसंग अन्तरक्रिया गरेको छ ।

ग्लोवल मेन्टल हेल्थ समिटमा भाग लिन विहिवार रोम पुगेका खापुङसंग संघले रोममा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमा स्वास्थ्य मन्त्री खापुङ्ग ४ जनाको प्रतिनिधि मण्डललाई संघले स्वागत तथा सम्मान गरेको थियो ।

अन्तरक्रिया कार्यक्रमा नेपालबाट युरोपमा गैरकानुनी रुपमा प्रवेश गर्नेको संख्या बढ्दो रहेको बारे चर्चा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले युरोप छिर्ने चक्करमा आफन्तहरुले समेत ठूलो दुःख पाएको अनुभव सुनाए ।
कार्यक्रममा सहभागी मध्ये एकले रातदिन गरी खाई नखाई हप्तौं हप्ता लगाई इटाली छिरेको काहाली लाग्दो घट्ना सुनाएका थिए ।

कार्यक्रममा नेपाली समाज रोमका सहसचिव श्रीमती सुजिता लामाले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएका राजु गुरुङ्ग, प्रशान्त पाण्डे र दिपु न्यौपाने, नेपाली समाज रोम साथै समन्वयको लागि नेपाली कोंसोलर पाओलो नुगारी, एनआरएनए ग्लोबल हेल्थ चेयर डाक्टर सन्जिब सापकोटालाई एनआरएनए इटालीले विशेष धन्यबाद दिएको छ ।

धेरै पढिएको