२ बैशाख २०८३, बुधबार
Follow Us

खेलाडीलाई डेंगु पोजिटिभ

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७९, आईतवार ०२:११

कास्की । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ ।

गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले जानकारी दिए ।

नेपालीका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्कीस्थित चाउथे घरमा आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउँदै दुई खेल जितेको छ ।

धेरै पढिएको