१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७९, बिहीबार ०३:००

लन्डन । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे । हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ ।

यसैगरी अर्को खेलमा लिभरपुलले वेस्ट हामलाई १–० ले पराजित ग-यो । लिभरपुलका लागि खेलका २२ औं मिनेटमा डारविन नुनेजले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । न्युक्यासलले एभरटनलाई १–० ले पराजित ग-यो ।

न्युक्यासलका लागि मिगुएल अलमिरोनले खेलको ३० औं मिनेटमा गरेका थिए । ब्रुममाउथलाई साउथहेम्टनले १–० ले पराजित ग-यो । सि इडम्बसले ९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।