१३ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सी र युनाइटेडको बराबरी

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७९, आईतवार ०५:१६

लन्डन । इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्टानफोर्ड ब्रिजमा ८६औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । खेलपछी चेल्सी २० अंक सहित चौथो स्थानमा छ । १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।

यस्तै अर्को खेलमा लिभरपुल नोत्तम फरेस्टसँग पराजित भएको छ । लिग अंक तालिकाको पुच्छरमा रहेको फरेस्टका लागि ताइओ वानिइले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ११ खेल खेलेको लिभरपुलले १६ अंक जोडेर सातौं स्थानमा छ ।

हालान्डको गोलमा सिटीको जित
स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ । घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे । केभिन डि ब्रुयनाले अर्को गोल थपे । ब्राइटनका ट्रोसार्डले एक गोल गरे । खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे । ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे ।

दुई गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन् । ट्रोसार्डले गोल गर्दा खेलमा २-१ को स्थितिमा पुग्यो । ७५औं मिनेटमा केभिन गोल गर्दै ३-१ को जित दिलाए । जितसंगै सिटि ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा छ ।

रियल मड्रिडको सहज जित
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ । रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थानमा छ ।