२५ बैशाख २०८१, मंगलवार
Follow Us

भावि प्रधानमन्त्री ऋषि सुनाक बेलायती पत्रपत्रिका (हेडलाइन सहित)

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७९, सोमबार ०२:२९

सोमवार प्रकाशन भएका बेलायतस्थित राष्ट्रिय पत्रपत्रिकाहरूबाट ऋषि सुनाकलाई भावि प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।

द डेली एक्सप्रेसले बोरिस जोनसनले नम्बर १० को दौडबाट बाहिरिएपछि उनलाई अर्को प्रधानमन्त्रीको ताज लगाउने तयारी भएको बताएको छ।

जोनसनले अराजकताबाट बच्नको लागि पन्छिएपछि सोमबार चियाको समयमा उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने क्रममा रहेको द सनले लेखेको छ।

डेली मिररले सुनाक बेलायतको पछिल्लो अनिर्वाचित प्रधानमन्त्री बन्ने रिपोर्ट गरेको छ।