२९ असार २०८२, आईतवार
Follow Us

बागलुङ – १ सर्वेक्षणः डा. सूर्य पाठकको पक्षमा जनलहर, चित्रबहादुर भन्दा अगाडि

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७९, शनिबार २०:२८

वलेवा । नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार डा. सूर्य पाठकको पक्षमा जनलहर देखिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग मुख्य प्रतिस्पर्धामा रहेका पाठकको पक्षमा जनलहर देखिएको हो ।

दुबै उम्मेदवारले आफ्नो पक्षमा जनमत पार्न चुनावी घरदैलोदेखि अनेक कार्यक्रम गरिरहँदा पाठककै लोकप्रियता देखिएको छ । शिक्षित, जनतामा भिजेको र युवा उम्मेदवारका कारण उनको पक्षमा जनलहर देखिएको बताइएको छ ।
बागलुङका चियापसलदेखि मेलापातसम्म पाठक सही उम्मेदवार भएको भन्दै उनको पक्षमा चर्चा हुने गरेको अमलाचौरका एक स्थानीयले बताए ।

यसैबीच एक सर्वेक्षणमा पाठकको पक्षमा जनमत देखिएको छ । ‘रुटिन अफ बागलुङ बन्द’ नामको फेसबुक पेजमार्फत भएको सर्वेक्षणमा पाठक अगाडि देखिएका हुन् ।

११ सय भन्दा बढी भोट हुँदा पाठकको पक्षमा ५९ प्रतिशत जनमत देखिएको छ भने केसीको पक्षमा मात्रै ४१ प्रतिशत मत आएको छ । यस सर्वेक्षणमा विभिन्न प्रतिक्रिया पनि आएका छन् ।
विद्यार्थी संगठनबाट एमालेको राजनीति सुरु गरेको पाठक स्पष्ट वक्ता र बौद्धिक नेताका रुपमा चिनिन्छन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनले आफ्नो पहिलो कार्यकालमा पुरा हुन बाँकी काम गर्नका लागि पुनः उम्मेदवार बनेको र विकासको लहर ल्याउने पनि बताएका छन् ।

धेरै पढिएको