२९ असार २०८२, आईतवार
Follow Us

यस्तो छ गुप्तचर विभागको गोप्य प्रक्षेपण (१६५ क्षेत्रमा को अगाडि)

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७९, बिहीबार ०३:१५

लण्डन । मंसिर ०४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनले बहुमत ल्याउने एक रिपोटले देखाएको छ ।

नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको आन्तरिक प्रक्षेपण अनुसार नेपाली कांग्रेस ६०, नेकपा एमाले ४४, नेकपा माओवादी २६, नेकपा एस ११, जसपा ७, लोसपा ५, राप्रपा ५, नेमकिपा १, प्रगतिशील पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय जनमोर्चा १, र स्वतन्त्र २ जनाले चुनाव जित्ने आकंलन गरिएको छ ।

प्रक्षेपण अनुसार आगामी निर्वाचनमा मुख्य रुपमा अधिकांस स्थानमा सत्ता गठबन्धन र एमाले तालमेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रक्षेपण अनुरुप १६५ स्थान मध्ये ३० स्थानमा उच्च प्रतिस्पर्धा हुने भएको छ ।

प्रक्षेपण अनुरुप नतिजा आएका सत्ता गठबन्धन १०५, एमाले तालमेल ५७ र अन्य ३ जनाले सफलता प्राप्त गर्ने छन् ।

निर्वाचनमा झापा – १ विश्वप्रकाश शर्मा र अग्नी खरेल,  झापा – ३ राजेन्द्र लिङदेल र कृष्ण प्रसाद सिटौला, चितवन – २ मा रवि लामिछाने र कृष्णभक्त पोखरेल, काठमाण्डौं –  १ किरण पौडेल र रविन्द्र मिश्र, काठममाण्डौं – ५ ईश्वर पोखरेल र प्रदिप पौडेल र बाग्लुङ – १ मा चित्र बहादुर केसी र डा. सुर्य पाठकबीच उच्चप्रतिस्पर्धा हुने देखिएको छ ।

एक सुरक्षा अधिकारीका अनुसार हरेक निर्वाचनमा सुरक्षा निकायले सरकारकै चाहना अनुरुप रिपोट पठाउने गरेको छ । पछिल्लो रिपोटमा नेकपा माओवादीको २६ बाट घटेर १८ , नेकपा एसको ११ बाट घटेर ६, राप्रपाको ५ बाट घटेर ३ मा सिमित हुने अनुमान गरिएको छ त्यसको फाइदा नेकपा एमाले र नेपाली कांग्रेसले लिने  छन् ।

 



धेरै पढिएको