२५ बैशाख २०८१, मंगलवार
Follow Us

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७९, शनिबार ०६:२४

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क)मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता लिएका छन्। उनले ७ हजार ४५ मत पाउँदा एकीकृत समाजवादीका नरेशकुमार शाहीको ६ हजार ८९३ मत पाएका छन् । नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विकले ८६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रदेश (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ७ हजार ८४३ मत पाउँदा एमालेका लालबहादुर थापाले ७ हजार ३०० मत पाएका छन्।