१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुलधारमै फर्किए एनआरएनए घले समूहका कोषाध्यक्ष डिला खरेल

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७९, आईतवार ०३:०३

लण्डन् । अष्ट्रेलियामा सकृय गैरआवासीय नेपाली संघका एक अभियान्ता मुलधारमा फर्केका छन् ।

गैरआवासीय नेपाली संघको शेष घले समूहमा कोषाध्यक्ष रहेका डिला खरेलले सो समूह परित्याग गरेर संघको मुलप्रवाहमा रहेको गैरआवासीय नेपाली संघसंग आबद्ध भएको घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको उपस्थितीमा सिड्नीमा आयोजिक एक कार्यक्रमकाबीच उनले सो घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएको बताउदै सबै पक्षलाई समेटेर लैजान प्रतिबद्धता जनाए ।

गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनमा संघका पूर्वअध्यक्ष शेष घलेले छुट्टै एउटा समूह गठन गरे पछि खरेलको नाम सो समूहमा मुछिएको थियो । उनले यसअघि एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी समालेका थिए ।