१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

दोलखामा फेरि माओवादीका कार्कीले लिए अग्रता, पछि परे एमालेका सिवाकोटी

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७९, आईतवार १२:१४

काठमाडौँ । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा कार्कीले अग्रता लिएका हुन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटीबीचको मतान्तर अहिले २७१ रहेको छ । दोलखामा प्रदेशसभा २ मा एमालेका भरत केसी विजयी भइसकेका छन् । केसीले काँग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् ।

जिल्लाका तामाकोसी, मेलुङ, शैलुङ र विगु गाउँपालिकामा प्रतिनिधिसभातर्फको मतगणना गर्न बाँकी छ ।