२० मंसिर २०८०, बुधबार
Follow Us

काँग्रेसद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७९, बिहीबार ०८:१४

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ। मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मत परिणाम आइसकेको छ।

काँग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्। कार्यसम्पादन समिति बैठकमा संसदीय दलको नेता चयनका लागि मिति तय गर्नेजस्ता विषय पनि छलफल हुन सक्ने बताइएको छ।