काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् ।
अध्यक्ष थापाले गैरआवासीय नेपाली संघको महिला विभागद्धारा शनिवार आयोजित ‘लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले समाजले अझै महिलाको नेतृत्वलाई सहजरुपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् ।
थापाले समाजमा रहेका लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् ।
गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् ।
उनले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिदा अफवाह फैलाउने, लगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले समाजिक हिंसाज्य घट्नालाई अन्त्य गर्नको लागि एकजुट हुन आवश्यक रहेकोको बताइन् ।
कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विकसित समाजमा समेत प्रयाप्त रुपमा महिलाहरु हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा बिकृतिको रुपमा रहेको बताए । उनले महिलाहरुमा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा नवनिर्वाचित सांसद विद्या भट्टाईले लैगिक असमनता कै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमहरुले सहयोग गर्ने विचार व्यक्त गरिन् ।
उनले नेपालमा साइबर क्राइम, यौन हिंसाकाहरु निर्मुल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रमा सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझैँ कम रहेको बताइन् । उनले समाजिक सिहंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । महतोले गैरआवासीय नेपालीहरुले विदेशका अन्य देशमा भएका महिला हिंसा बिरुद्धका सम्बन्धी कानून बमोजिम पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताइन् । उनले विदेशमा रहेका नेपालीहरुलाई महिला हिंसाको अन्त्यका लागि आवश्यक सहयोग गर्न अपील गरिन् ।
उनले नेपाली महिलाहरुलाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाएर महिलाहरुलाई स्वाभालम्बी बनाउनु पर्नेमा जोड दिइन् ।
महिला संयोजक संगिता मरहट्टाले स्वागत मन्तव्य दिएको कार्यक्रममा विमला सापकोटा, कन्चन थापा, रजनी प्रधान, निर्मला शर्मा, जुली महतो, बिद्या भट्टराई, संगित अधिकारी, पुन्यवति सुवेदी, मदन लुइटेल, सुजाता बस्नेत, राधा पोखरेल, रुविना शर्मा लगायतले महिला हिंसाका बिरुद्धमा आआफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमको निश्कर्श पत्रकार बाबाराजेश्वेरी थापाले पढेर सुनाएकी थिइन भने कार्यक्रम संचालन संघकी सचिव टिका गुरुङले गरेकी थिइन् ।
प्रतिक्रिया