१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स

नेपालब्रिटेन डट कम्
१ पुष २०७९, शुक्रबार ०३:१४

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो ।

अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा रेमिट्यान्सको आप्रवाह ७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।