१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फिफा विश्वकप : तेस्रो स्थानको छिनोफानो आज

नेपालब्रिटेन संवाददाता
२ पुष २०७९, शनिबार ०६:१५

दोहा । फिफा विश्वकप फुटबल २०२२ को तेस्रो स्थानको छिनोफानो आज हुँदैछ । साविक उपविजेता क्रोएसियाले आज तेस्रो स्थानका लागी अफ्रिकन राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल खालिफा अन्तराष्ट्रिय रगंशालामा बेलुकी ८:४५ बजे हुनेछ । अफ्रिकन राष्ट्र मोरक्कोको लागि आजको खेल निकै महत्वपुर्ण छ । मोरक्कोले आजको खेलमा जित निकाल्न सकेको खण्डमा यो मोरक्को लागी ऐतिहासिक जित रहनेछ ।

क्रोएसिया अर्जेन्टिनासँग ३-० गोलले पराजित हुदै तेस्रो स्थानको लागी प्रतिस्पर्धा गर्न लागेको हो भने मोरक्को साविक विजेता फ्रांन्ससग २-० गोल अन्तरले पराजित भएको हो । फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागी हुने आजको खेल स्थानिय रेफ्रिले खेलाउने भएका छन् ।

कतारका अब्दुल रहमान खल जसाम मुख्य रेफ्रि रहने खेलमा तालेब अल मर्री र साउद अहमद अलमकालेले अब्दुल रहमानलाइ साथ दिदैछन् । फिफा विश्वकप २०२२ कतार को फाइनल प्रतिस्पर्धा भने भोलि बेलुकि दुई पटकका विश्व विजेता अर्जेन्टिना र फ्रान्सविच हुँदैछ। साविक विजेता फ्रान्स ५० वर्ष पछिको इतिहास रच्न चाहन्छ भने लिओनल मेस्सी आफ्नो कप्तानीमा पहिलो उपाधि दिलाउदै अर्जेन्टिनालाइ ३ पटकको विश्व विजेता बनाउन चाहन्छन् ।

फाइनल खेल नेपाली समय अनुसार भोलि बेलुकी ८:४५ बजे हुनेछ ।