२० जेष्ठ २०८१, आईतवार
Follow Us

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार ०३:४५

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको छ ।

मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने पत्रकारलाई भित्र जान निषेध गरिएको छ ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।