१ कार्तिक २०८३, शनिबार
Follow Us

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, देउवा ६४, गगन २५ मत

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार ०५:१०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि भएको मतदानमा देउवाले ६४ र अर्का प्रत्यासी गगन थापाले २५ मत प्राप्त गरे ।
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।

धेरै पढिएको