२० जेष्ठ २०८१, आईतवार
Follow Us

पछि धोका भयो भन्न पाइँदैन: गगन

नेपालब्रिटेन संवाददाता
६ पुष २०७९, बुधबार १२:४२

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई काँग्रेसले नबोक्ने चेतावनी दिएका छन् ।

माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गरे । संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।

‘सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा काँग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय काँग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन,’थापाले भने ।

बुधबार सम्पन्न काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी भए भने थापाले २५ मत ल्याए । उनले आफ्नै समूहको मतसमेत पाएनन् ।