१५ बैशाख २०८१, शनिबार
Follow Us

काराबाओ कपको क्वार्टरफाइनल समिकरण पुरा

नेपालब्रिटेन संवाददाता
८ पुष २०७९, शुक्रबार ०४:४४

काठमाडौं । काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो ।  आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् ।

युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी नटिङ्घम फोरेस्टले उल्भ्ससँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेडले लेस्टर सिटीसँग खेल्नेछ । क्वार्टरफाइलन खेल जनवरी ९ मा हुनेछ । अर्काे साताबाट प्रिमियर लिगका खेल हुने तालिका छ ।