११ बैशाख २०८१, मंगलवार
Follow Us

हालाण्डको कीर्तिमानमा सिटीको जित

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७९, बिहीबार ०४:४९

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अ‌क दूरी घटाएको छ। अर्लिङ हालाण्डले कीर्तिमान बनाएको खेलमा सिटीले लिड्स युनाइटेडलाई ३-१ ले पराजित गर्दै आर्सनलसँगको अ‌क दुरी ५ मा झारेको छ।

हालाण्ड प्रिमियर लिगमा १४ खेलबाट २० गोल गर्दै सर्वाधिक चाँडो इंग्लिस प्रिमियर लिगमा २० गोल पुरा गर्ने खेलाडी बने। लिड्सको मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा दुई गोल गर्‍यो।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ५१औँ मिनेटमा हालाण्डले ज्याक ग्रिलिसको पासलाई सदुपयोग गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए। त्यसपछि ६४औँ मिनेटमा हालाण्डले ग्रिलिसकै पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरे।

७३औँ मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल हुन नसक्दा सिटीले सहजरूपमा ३ अंक हासिल गर्‍यो। जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले १५ खेलबाट ३५ अंक बनाएको छ।