८ जेष्ठ २०८१, मंगलवार
Follow Us

तत्काल एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार ०५:४८

मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ ।

विदेशमा मजदुरी गरेर फर्किएकाहरुबाट किनेको मूल्य वा भन्सार विन्दुमा कायम गरिएको मूल्यमा १८ प्रतिशतसम्मको कर लिने गरी भन्सारबाट प्रज्ञापनपत्र लिनैपर्ने व्यवस्था गरेपछि यसको चर्को विरोध भएको थियो । बिरोधलगत्तै सरकार आफ्नो निर्णयबाट पछाडि हटेको हो ।