१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लेस्टरविरुद्ध लिभरपुलको जित

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७९, शनिबार ०५:५५

लन्डन । सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे । खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो । तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो ।

दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन् । जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ । लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ ।