१९ बैशाख २०८१, बुधबार
Follow Us

ब्रेन्टफोर्डसँग हार्यो लिभरपुल

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७९, मंगलवार ०५:३०

लन्डन । इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।

४२ औं मिनेटमा योयान विजाले अग्रता दोब्बर पारे । ५०औं मिनेटमा लिभरपुलका चेम्बेरलेनले गोल गरेर २-१ को स्थितिमा पुर्‍याए । तर ब्रेन्टर्फडका ब्रायन एमबामोले ८४ औं मिनेटमा अर्को एक गोल थपेपछि लिभरपुल ३-१ ले पराजित भयो ।

यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुग्यो । १६ खेलबाट ४३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । ३६ अंकसहित म्यानचेष्टर सिटी दोस्रो, ३४ अंकसहित न्यूक्यासल तेस्रो, ३२ अंकसहित म्यानचेष्टर युनाइटेड चौथो र ३० अंकसहित टोटनहम पाँचौं स्थानमा छन् ।