१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७९, शुक्रबार ०५:४८

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । बिहीबार राति चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० ले हराएको हो ।

भ्रमणकारी टोली सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले सिटी विजयी भएको हो ।

जितसँगै सिटीले अंक तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलसँग दुरी घटाएको छ । लिगमा १७ खेलबाट आर्सनलको ४४ अंक छ । समान खेलबाट ३९ अंक जोडेको सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३५ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ३५ अंक नैं छ । चेल्सी भने १७ खेलबाट २५ अंकसहित तालिकाको दशौं स्थानमा रहेको छ ।