२० जेष्ठ २०८१, आईतवार
Follow Us

नागरिक उन्मुक्ति, जसपा, लोसपा सरकारमा सहभागी नहुने

नेपालब्रिटेन संवाददाता
३ माघ २०७९, मंगलवार ०५:५९

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुष्पकमल दाहाल सरकारमा सहभागी नहुने भएका छन् । तर उनीहरुले सरकारलाई दिइरहेको समर्थन भने कायमै राख्ने जनाएका छन् ।

गृहमन्त्री रवि लामिछानेका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा सहभागी हुने छैनन्। जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले सम्मानजनक मन्त्रालय बाँडफाँट नभएकाले सरकारमा सहभागी हुन नसकिने बताए ।

सत्ता साझेदार दलहरूबीच रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्‍चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नयाँ मन्त्री नियुक्त हुनेछन् ।