८ बैशाख २०८१, शनिबार
Follow Us

‘रवि प्रकरणका ८ तथ्य’

नेपालब्रिटेन डट कम्
१३ माघ २०७९, शुक्रबार २०:५७

डा. अंगराज तिमल्सीना ।

रवि प्रकरण: अहिले सामाजिक सन्जाल रबि लामिछानेबारे ध्रुबिकृत छ । रबिलाई मन पराउने र मन नपराउने दुबै थरीका पोस्टले सामजिक सन्जाल भरिएको छ । उनका बिरुद्दमा उनी झूठ, अपराधी, बैमान र गैर-नागरिक भएको चित्रण गरिएकोछ भने उनका समर्थकहरुमा यो पुरातनबादी राजनीतिको चंगुलले उनलाई फसायो भन्ने छ ।

१. यथार्त के हो भने रबि र स्वतन्त्र पार्टीले पाएको मतसंग उनको नागरिकता बैध वा अबैध भन्ने सरोकार छैन । जनताले सुशासन, भ्रस्टाचार र बेथितिका बिरुद्द उठाइका मुद्दा अनि देशका स्थापित पार्टीहरुबिरुद्दको बिद्रोहको जनमत रबि र स्वतन्त्र पार्टीले बटुलेका हुन ।

२. अब रह्यो रबि अनागरिक हुन वा अपराधिक गतिबिधी गरेका हुन भन्ने कुरा । रबिले गृह मन्त्रालयबाट बिदा लिदै गर्दा आफु “अनागरिक” भएको भने छन तर नागरिक र नागरिकता एउटै कुरा होइनन । नेपालको संबिधान अनुसार “नागरिकता प्राप्त गर्न योग्य ब्यक्ती नेपाली नागरिक हुने छन्” भन्ने छ । भन्नुको अर्थ रबि अनागरिक होइनन तर पुन: नागरिकता (बिधी अनुसार) प्राप्त गर्न योग्य ब्यक्ती अर्थात एउटा नेपाली नागरिक नै हुन ।

३. रबि हजारौँ अरु नेपाली जस्तै नेपाली नागरिककै हैसियतले अमेरीका गए । केही बर्ष पछी अमेरीकाको नागरिकता पाए । त्यस पछी नेपाल आए । केही समय अमेरीकाको नागरिकको हैसियत मै नेपालमा काम गरे । त्यसपछी अमेरीकाको नागरिकता त्यागे तर नेपाली नागरिकता पुन: प्राप्तीको बैधानिक प्रकृया पुरा नगरीकनै राजनीति र चुनाबमा होमिए । तोकिएको ढाँचामा निबेदन दिएको भए अहिलेको अवस्था आउने थिएन ।

४. यो अवस्था आउनमा उनको लापरबाही वा ‘इमान्दारी गल्ती’ आफ्ना ठाँउमा होला, तर नेपालको कानून अनुसार अमेरीकाको नागरिकता र राहादानी हुँदा हुँदै नेपालको राहादानी लिनु गैर-कानूनी प्रमाणित हुन सक्छ भने जानी-जानी गरिएको हो होइन यो कुरा छानबिनपछी थाहा होला ।

५. तर मलाई खट्किएको कुरा के भने “No, Not Again” भनेर सुशासन, भ्रस्टाचार निबारण, समाज र देशको आमूल परिवर्तनको नारा बोक्ने रबि र स्वतन्त्र पार्टी समेत तिनै गाली गरेका नेताको छाँयामा सरकारमा जानु, आफुमाथी अनुसन्धान गरी रहेकै मन्त्रालय समाल्न पुग्नु र परिवर्तनको नाराभन्दा पनि सत्तालाई प्रार्थमिकता दिए जस्तो देखिनुले पक्कै पनि रबि र स्वतन्त्र पार्टीको चुनाबताकाको छबि र विश्वसनीयतामा ह्रास आएको छ ।

६. रबि प्रकरणले बिदेशमा नागरिकता लिइसकेकाले नेपालमा पुरानै नागरिकता प्रयोग गरेर घर-जग्गा किनेका भए के हुने भन्ने प्रश्न उठेको छ तर नेपालको संबिधानले गैर-आबासीय नेपालीलाई राजनितिक अधिकार बाहेक अरु अधिकार दिएको छ भन्नुको अर्थ राजनीति र सरकारमा जानु र घर-जग्गा किन्नु फरक कुरा हुन ।

७. तर अब रबि र स्वतन्त्न पार्टीको बास्तबिक परिक्षा सुरु भएको छ । रबिले आफ्नो गल्तीलाई स्विकार्ने, जानी-नजानी गलत भएको कुरामा माफी माग्ने भने आफ्नो अमेरीकाबाट नेपालको आगमन देशकालागी केही गर्नैका लागी हो भन्ने कुरालाई अझ प्रष्ट पार्ने, स्वतन्त्र पार्टी सत्तामा जानकालागी मात्र नभएर समाज र अर्थतन्त्रको रुपान्तरणका लागी हो भन्ने देखाउन सके नेपालीले सबैलाई दोश्रो-तेश्रो मौका दिने गरेका छन ।

८. नेपालको राजनीतिले बिकल्प खोजेकै हो तर नयाँ शक्तीका रुपमा उदाउनेहरु अद्वितीय (अरुभन्दा भिन्न र सफल) बन्नकालागी आफु खुद सच्चा हुन र आफ्नो आस्था र धारणामा दृढ हुन जरुरी छ, होइन भने पुराना र नयाँमा के भिन्नता रह्यो त ?

(तिमल्सीनाको फेसबुकबाट साभार)